काठमाडौँ । रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले आफू विजयी भएको सार्वजनिक गरेका छन्। फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकी राष्ट्रपतिमा आफूलाई विजयी भएको घोषणा गरेका हुन् ।
यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन । वासिङ्टन डीसी । अमेरिकाका पूर्व अमेरिकी राष्ट्रपति तथा यस पटकको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार डोनाल्ड ट्रम्पले निर्वाचनमा आफूले जितेको घोषणा गरेका छन् ।
आफ्नो जितको खुसीयालीमा ट्रम्पले कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् । यस सम्बोधनमा उनले आफ्ना उपराष्ट्रपति जेडी भान्सलाई पनि बोलाएका छन् ।यसैबिच ट्रम्पले खर्ब पति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनीका सीईओ एलन मस्कलाई ‘न्यू स्टार’ भनेका छन् । उनको अग्रता भने चुलिएको छ
































