National life

आर्थिक अवस्था खुम्चिएकाले आम नगरिकमा मनबोल बढेन्ः अध्यक्ष ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ मंसिर २०८१, शनिबार
490Shares
आर्थिक अवस्था खुम्चिएकाले आम नगरिकमा मनबोल बढेन्ः अध्यक्ष ढकाल
ncell

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको वर्तमान आर्थिक अवस्था खुम्चिएकाले आम नगरिकमा मनबोल नबढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा बोल्दै अध्यक्ष ढकालले वर्तमान आर्थिकले अर्थतन्त्र खुम्चिएको उक्त समस्याले आम नागरिकको मनोबल घटाएको बताएका हुन्। उनले केही समय अघि सबैले नेपाल श्रीलंकाजस्तो हुने कुरा भनेपनि आफूले त्यो बेला नेपाल श्रीलंकाजस्तो हुँदैन भनेर दाबी गरेको र अहिले थोरै भएपनि अर्थतन्त्रमा चलायमान भएको बताए ।

अध्यक्ष ढकालले भने, “आयातमा प्रतिबन्ध लगाउनुका कारण अहिले समस्या आएको छ। वैदेशिक मुद्राको सञ्चिति मात्र बढाउने कामले अर्थतन्त्र बलियो हुँदैन।’’ उनले अर्थतन्त्र चलायमान नहुँदा यो समस्याको मूल कारण सबै निकायको हात रहेको र सरकारले लिएका नीतिहरूले यस अवस्थाको निर्माण गरेको जनाए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अध्यक्ष ढकालले भने, “हामीले एक अर्कोलाई दोष लगाएर अघि बढ्न सक्दैनौं। यस समस्याको समाधान गर्न सबै निकायको सहकार्य आवश्यक छ।’’उनले उद्योग क्षेत्रहरू धरासायी भई व्यवसायीहरूले समयमा ब्याज तिर्न नसकेको र त्यसको परिणामस्वरूप कालोसूचिमा परेको उल्लेख गरे।

अध्यक्ष ढकालले निजी क्षेत्रका कामहरूको महत्त्व र भविष्यका योजनाबारे सरकारलाई ध्यानाकर्षण गराएका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?