National life

‘कुलमान भ्रष्टाचारको विरोधी र सुशासनको पक्षधर हो,हटाउन खोजे प्रतिकार हुन्छ’

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० कात्तिक २०८१, शनिबार
408Shares
‘कुलमान भ्रष्टाचारको विरोधी र सुशासनको पक्षधर हो,हटाउन खोजे प्रतिकार हुन्छ’
ncell

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का युवा नेता रञ्जित तामाङले सरकारले आफ्नो दायित्व र कर्तव्य पूरा गर्नुपर्ने बताएका छन् । उनले अहिलेपनि देशमा भ्रष्टाचार र बेथिति व्याप्त रहेको टिप्पणी गरे । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले देशमा व्याप्त रहेका सबै खाले विकृति तथा विसङ्गति हटाउनको लागि आफूहरूको खबरदारी सभा फलदायी हुने दाबी गरेका हुन् ।

उनले भने,‘देशमा सुशासनको प्रत्याभूति दिने काम राज्यको हो । जनताको आहतमा राहतको व्यवस्था गर्ने दायित्व राज्यको हो । त्यहाँ पनि राज्य चुकेको छ । प्रचण्डको सरकारले सुशासनको अभियान चलायो । तर, अहिलेको सरकार त्यसमा चुकेको छ । प्रचण्डको पालामा जनतामा भरोसा पलाएको थियो । अहिले जनता निराशामा छन् ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://aarthikvoice.com/archives/46975

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मुद्दामा संलग्न भएको व्यापारीसँग अर्बौँ रुपैयाँ पर्ने जग्गा दान लिएको तर विपत्तिले आहतमा परेका जनतालाई राहत दिन उदासीन बनेको भन्दै आलोचना गरे । उनले अहिलेको सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाए । उनले भने, ‘राज्य मनपरी गर्न छाडा छोडिएको वस्तु होइन । हामी सरकारलाई सही बाटोमा हिँडाउन खबरदारी गरिरहेका छौँ ।’

उनले सरकार गलत बाटोमा हिँडिरहेको कुरा आम जनताले पनि बुझेको बताए । उनले सरकारलाई भ्रष्टाचारविरुद्ध नारा बोकेर हिँड्ने योग्य प्रशासकलाई कारबाही गर्न तम्सिएको भन्दै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन खोजिए देशले नमान्ने चेतावनी दिए । उनले कुलमानलाई उज्यालो नेपालका अभियन्ताको संज्ञा दिए ।

उनले भने,‘अहिलेको सरकार कालमानजीलाई साथमा लिएर जानुको साटो हटाउन अनेकौँ तानाबाना बुनिरहेको छ । कुलमान भ्रष्टाचारको विरोधी र सुशासनको पक्षधर हो । जनताको पक्षमा भएको मान्छे हो । सरकार त दलाललाई केन्द्रमा राख्ने रहेछ । सक्षम प्रशासकलाई गलहत्त्याउन खोजिरहनुभएको छ, यो कुरा सिङ्गो देशले मान्दैन ।’ उनले दुई तिहाइको बहुमतमा रहेको अहिलेको सरकारले मनपरी गर्न नहुने धारणा राखे ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
408SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?