National life
cg eloctronics

ट्रेडरहरुले नाफा बुक गर्दा बजारमा गिरावट: कारोबार रकम १० अर्बमा खुम्चियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
616Shares
ट्रेडरहरुले नाफा बुक गर्दा बजारमा गिरावट: कारोबार रकम १० अर्बमा खुम्चियो
ncell

काठमाडौँ । साताको पहिलो कारोबारका दिन अर्थात्, आइतबार नेप्से सूचक ५३.६३ अंकले घटेर २६९५.९३ विन्दुमा झरेको छ । गएको सातादेखि घटेको बजारले यस साताको पहिलो कारोबारका दिन समेत निरन्तरता पाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ट्रेडरहरुले नाफा बुक गर्दा बजारमा गिरावट देखिएको विश्लेषकहरूको भनाई छ ।  सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज १० अर्ब ५ करोड १७ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

करिब ३० अर्बसम्म पुगेको दैनिक कारोबार रकम अहिले १० अर्ब रुपैयाँमा झरेको छ । बजारमा थप चाप पर्नलाई कारोबार रकम पनि बढ्नु पर्ने हुन्छ । तर, पछिल्लो दिनमा कारोबार रकम घट्दै गएको छ । त्यसो त, पछिल्लो समय घट्दो बैंक ब्याजदर, बैंकिङ प्रणालीमा अधिक तरलतालगायतका कुराहरूले अहिले सेयर बजार थप नघट्ने संकेत दिइरहेको छ ।

यस्तै, सरकार र नियामक निकायहरु सेयर बजार सुधारप्रति प्रतिबद्ध देखिएका छन् । केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा क्रमशः खुकुलो नीति लिंदै गएको देखिन्छ । बैंकहरुले लगानी बढाउन सक्ने गरी पुनः नीतिहरु परिमार्जन भएका छन् । संस्थागत लगानीकर्तालाई पनि कर्जाको सीमा खारेज भएको छ । सरकार पनि बजार सुधारकै पक्षमा लागेको छ । यी कारणहरुले केही करेक्सनहरुका बाबजुत पनि बजारले गति लिन विश्वास गरिएको छ ।

आज बजार १.९५ प्रतिशतले घटेर २६९५.९३ विन्दुमा झरेको छ । ३२ कम्पनीको बजार भाउ बढेको छ भने २०९ वटाको घटेको छ । ४ वटा सेयर मूल्य यथावत नै देखिएको छ । आज कुल ३३७ स्क्रिप्टको कारोबार भएको छ । कुल २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता कारोबार भएको छ ।

nic asia capital

उक्त दिन सबैभन्दा बढी गुडविल फाइनान्सको सेयर कारोबार भएको छ । कम्पनीको ५२ करोड ३१ लाख १० हजार रुपैया बराबरको कारोबार भएको छ ।

त्यस्तै हिमालयन रिइन्स्योरेन्सको ३३ करोड ४३ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । उक्त दिन नेपाल फाइनान्सको ३३ करोड ३४ लाख १३ हजार रुपैयाँ, अपी पावर कम्पनीको २६ करोड ७३ लाख १८ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९० लाख ७२ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?