National life

तीनकुने घटना प्रतिवेदन : मिश्र प्रसाईँ सहित १०८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ जेठ २०८२, शुक्रबार
855Shares
तीनकुने घटना प्रतिवेदन : मिश्र प्रसाईँ सहित १०८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय
ncell

काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको छ।

तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक भएको घटनामा प्रहरीले प्रतिवेदन बुझाएको हो। सरकारी वकिल कार्यालयका प्रवक्ता गकुलबहादुर निरौलाका अनुसार प्रहरीले बिहीबार नै प्रतिवेदन बुझाएको हो ।

प्रहरीका अनुसार १०८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय सरकारी वकिल समक्ष दिएको छ।

Royal Enfield
nic asia capital
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणालाई हाजिर जमानीमा राखिएको छ । यस्तै यस घटनामा दुर्गा प्रसाईँसहित तीनै जनाविरुद्ध मुद्दा चलाउन राय प्रहरीले दिएको छ।

प्रहरीले बुझाएको प्रतिवेदनलाई अभियोजन गरी जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गर्नेछ।  अहिले प्रहरी परिसरमा ५३ जना प्रहरी हिरासतमा छन्। २६ जनामाथि राजद्रोह र संगठित अपराध र २७ जनामाथि आपराधिक उपद्रव कसुरमा प्रहरीले अनुसन्धान गरेको हो ।

त्यसबाहेक प्रहरीले ३७ जनालाई हाजिर जमानीमा छाडेको थियो। अदालतमा मुद्दा दर्ता गरेसँगै पुर्पक्षको लागि प्रतिवादीहरूलाई थुनामा राख्ने वा नराख्ने भन्ने विषयमा बहस हुनेछ।

यस घटनामा ९ जना फरारसमेत छन्। कतिपयको हकमा मुद्दा चलाउनुपर्ने राय आए पनि वतन नखुलेको पनि उल्लेख गरिएको निरौलाले बताए। मुद्दा चलाउन राय आएकाहरूमध्ये चार जना भने बालबालिका छन्।

यो समाचार शेयर गर्नुहोस्
855SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?