काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले साधारण सभा बोलाएको छ । उक्त साधारण सभा मंसिर २८ गते चितवनको एक होटेलमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । लाभांश वितरण सम्बन्धी प्रस्ताव पनि पेश हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।



































