National life

नियम विपरीत कार्य गर्ने ११ वटा ब्रोकर कम्पनी धितो पत्र बोर्डको कारबाहीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ जेठ २०८२, सोमबार
1.3kShares
नियम विपरीत कार्य गर्ने  ११ वटा ब्रोकर कम्पनी धितो पत्र बोर्डको कारबाहीमा
ncell

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एकैसाथ ११ वटा धितोपत्र ब्रोकर कम्पनीलाई कारबाहीको दायरमा लिएको छ । उल्लेखित कम्पनीहरूले अर्धवार्षिक रूपमा बोर्डमा पेश गर्नुपर्ने कारोबार विवरण नबुझाएको कारण देखाउँदै सचेत गराएको हो ।

बोर्डका अनुसार, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ को दफा १८ को उपदफा १ को उल्लंघन गरेका कारण चेतावनी दिइएको हो। साथै, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ (फ) बमोजिम पनि कारबाही गरिएको जनाएको छ।

Royal Enfield
nic asia capital

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन पालना नगर्ने कम्पनीहरूमध्ये ब्लुचिप सेक्युरिटिज, पोपर्टी विजार्ड, स्टक्स्कार्ट्स सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोडशो सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल, र रिलायबल भेन्चर क्यापिटल रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?