काठमाडौं । नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघले ध्यानाकर्षण गराएको छ । महासंघले विज्ञप्तिमार्फत आन्दोलनका कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको हो ।
महासंघले जिल्ला प्रशासन कार्यालयमार्फत अवरुद्ध सडक सुचारु गरिदिन माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो ।
महासंघका महासचिव भरत नेपालले तत्कालै माइतीघर–बानेश्वर सडकमा गाडी चल्न नदिए आफूहरूले सडकमै गाडी तेर्स्याउने चेतावनी दिए ।
गत चैत २० देखि नेपाल शिक्षक महासंघले गरेको माइतीघर–बबरमहल–बानेश्वर केन्द्रित आन्दोलनका कारण यातायात सञ्चालनमा अवरोध आउँदा बैंक किस्ता, राजश्व, बीमा, कर्मचारी र मजदुरलगायत माथि आर्थिक नोक्सानी भएको विज्ञप्तिमा उल्लेख छ ।




































