National life
cg eloctronics

सर्वोच्च अदालतमा सिफारिस भएका तीन न्यायाधीशको संसदीय सुनुवाइ आइतबार हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असार २०८२, बिहिबार
914Shares
सर्वोच्च अदालतमा सिफारिस भएका तीन न्यायाधीशको संसदीय सुनुवाइ आइतबार हुने
ncell

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तीन जनाको संसदीय सुनुवाइ आइतबार हुने भएको छ।

आज बसेको संसदीय सुनुवाइ समिति बैठकले सर्वोच्चको न्यायाधीशका लागि न्याय परिषदले सिफारिस गरेको तीन जनालाई संसदीय सुनुवाइका लागि बोलाउने तय गरेको हो ।

न्याय परिषदले जेठ २७ गते वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्‍यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो।

उनीहरूविरूद्ध सातवटा उजुरी परेको छ। अधिवक्ता मेघराज पोखरेलविरूद्ध २ वटा, श्रीकान्त पौडेलविरूद्ध २ वटा र शान्ति सिंहविरूद्ध एउटा उजुरी परेको छ। दुइवटा प्रक्रियासँग सम्बन्धित उजुरी छन्। उजुरीकर्ताहरूलाई समितिले आजै बोलाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
914SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?