National life

साताभर नेप्सेमा साढे १ % को गिरावट, दैनिक र औषत कारोबार समेत घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० पुस २०८१, शनिबार
530Shares
साताभर नेप्सेमा साढे १ % को गिरावट, दैनिक र औषत कारोबार समेत घट्यो
ncell

काठमाडौं ।  गत साता २६३०.७१ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६९ प्रतिशत अर्थात् ४४.४८ अंक घटेर २५८६.२३ विन्दुमा पुगेको छ। समग्रमा यस साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साताको पाँच कारोबार दिनमध्येमा यस साता ४ कारोबार भएको छ । त्यसमध्येमा २ कारोबारका दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेको थियो। अन्तिम दुई कारोबार दिन नेप्सेमा सामान्य अंकको बढोत्तरी आएको थियो ।

यस साता सेन्सेटिभ इण्डेक्स ७.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३२ अंक घटेको छ। नेप्सेसँगै यस साता कारोबार रकममा समेत गिरावट आएको छ ।   गत साता दैनिक औषतमा ४ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ८४ करोडको शेयर किनबेच भएको छ।

गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ०.६७ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या १५.४८ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ४.०३ प्रतिशत घटेको छ।

nic asia capital

त्यस्तै, यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। साताभरमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.०५ प्रतिशत घटेको छ भने वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५.५३ प्रतिशत घटेको छ। यस साता हाथवे इन्भेष्टेमन्ट र सिटिजन्स बैंक इन्टरनेशनलको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। दुई कम्पनीको कुल ८२ लाख ५४ हजार ३८९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ।

साथै, यस साता आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक २६.४२ प्रतिशत बढेको छ। भने सुपर मादी हाइड्रोपावरको शेयर मूल्य करिब साढे १७ प्रतिशत बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?