National life
cg eloctronics

प्रभु महालक्ष्मी लाइफको वार्षिक शाखा प्रबन्धक सम्मेलन सम्पन्न, उत्कृष्ट शाखा प्रबन्धकहरू सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ साउन २०८२, बुधबार
557Shares
प्रभु महालक्ष्मी लाइफको वार्षिक शाखा प्रबन्धक सम्मेलन सम्पन्न, उत्कृष्ट शाखा प्रबन्धकहरू सम्मानित
ncell

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक शाखा प्रबन्धक सम्मेलन २०८२ सम्पन्न भएको छ। सम्मेलन साउन १० देखि १४ गतेसम्म चितवनको नारायणगढमा सञ्चालन भएको थियो । पाँच दिनसम्म चलेको सम्मेलनमा देशभरिका ११५ शाखाबाट शाखा प्रमुखहरूले सहभागिता जनाएका थिए । सम्मेलनमा केन्द्रीय कार्यालयबाट समेत व्यवस्थापन समूहको उपस्थिति रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्मेलनको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले हासिल गरेको प्रगतिमा शाखा प्रमुख, कर्मचारी, अभिकर्ता तथा सञ्चालक समितिको योगदान रहेको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कम्पनीप्रति विश्वास राखी बीमा गर्ने बीमितहरूप्रति समेत आभार व्यक्त गर्दै उक्त विश्वासलाई गम्भीर जिम्मेवारीको रूपमा लिएको पनि उल्लेख गरे ।

उनले कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को लक्ष्य र रणनीति समेत प्रस्तुत गर्दै कर्मचारीलाई त्यो दिशामा अघि बढ्न निर्देशन दिए ।

सम्मेलनमा उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा प्रमुखहरूलाई विभिन्न विधामा प्रमाणपत्र र अवार्डसहित सम्मान गरिएको थियो।

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले स्वागत मन्तव्य व्यक्त राखेका थिए भने नायब महाप्रबन्धक सोन बहादुर मगरले आगामी वर्षका लागि सशक्त तथा आक्रामक व्यवसाय विस्तार रणनीतिका विषयमा प्रकाश पारेका थिए ।

एनएलपी प्रशिक्षक मिन घलेले जीवन बीमा व्यवसायसँग जोडिएका व्यवहारिक चुनौतीहरू, समाधान र कार्यान्वयन रणनीतिका विषयमा उपयोगी तालिम दिएका थिए ।

कार्यक्रमको समापनतर्फ कम्पनीका ब्रान्ड एम्बेसेडर तथा चर्चित कलाकार मनोज गजुरेलले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?