National life

प्रोलिफिकको खेलमैदानमा भव्य रुपमा दोस्रो अन्तर कलेज फुट्सल प्रतियोगिता सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ पुस २०८१, सोमबार
1.2kShares
प्रोलिफिकको खेलमैदानमा भव्य रुपमा दोस्रो अन्तर कलेज फुट्सल प्रतियोगिता सम्पन्न
ncell

काठमाडौं खेलकुद सबैका लागि र स्वास्थ्यको लागि भन्ने उद्देश्यबाट खेलाइएको दोस्रो अन्तरकलेज फुट्सल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

मङ्सिर २९/३० गते सञ्चालन भएको प्रतियोगितामा १६ वटा कलेजले सहभागिता जनाएका थिए। दोस्रो अन्तर कलेज फुट्सल प्रतियोगिताको उपाधि एमआइटीएम कलेजले जित्न सफल भएको छ। पासाङ लामु कलेज दोस्रो र साइफल कलेज तेस्रो भएको छ। प्रोलिफिक कलेज स्कुलको आफ्नै फुट्सल मैदानमा भएको उक्त खेलले कलेजमा पढ्ने विद्यार्थीको प्रतिभालाई सम्मान तथा हौसला दिएर स्कुलको मैदानमा हरेक वर्ष अन्तरविद्यालय खेल अनि एसइइ कप हुने गरेको विद्यालयका सञ्चालक श्री गोपाल बहादुर महतले बताउनुभयो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खेलको संयोजन यसै विद्यालयका सक्रिय शिक्षक सरोज न्यौपानेले गर्नुभएको थियो। खेललाई रियाक्सन नेपाल एजुकेसनल कन्सल्टेन्सी र ब्रान्च अफिस सुकेधाराले सपोर्ट गरेको थियो। खेल समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि पत्रकार एवं कलाकार बसन्तराज रिजालको रहेको थियो। पुरस्कार वितरण एवं समापनको कार्यक्रममा पत्रकार रिजालले यस खालको प्रतियोगिताले विद्यार्थी र खेललाई भोलिका दिनमा यही खेलकुदको माध्यमबाट राष्ट्रिय खेलाडीको पहिचान बनाउन सक्ने र आजको यिनै खेलाडी भोलिको देशको पहिचान बन्ने भन्दै स्कुलले यस किसिमको आयोजना गरेर अवसर दिएकोमा धन्यवाद दिँदै यस्ता किसिमका कार्यक्रमहरू समयसमयमा गर्नुपर्ने बताउनुभयो।

२९ वर्षदेखि प्रोलिफिक र साइपल स्कुल तथा कलेजले संयुक्त रूपमा सञ्चालन गरेको संस्थामा मण्डेश्वरीदेखि कक्षा १२ सम्म साथै साइपलमा क्याम्ब्रिजसँगको एसोसिएटमा ए लेबलको पढाइ भइरहेको र उत्कृष्ट परीक्षाफल दिइरहेको प्रिन्सिपल श्री गणेश जोशीले बताउनुभयो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?