National life

अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार जारी, अवस्था जोखिममुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ फागुन २०८१, शनिबार
495Shares
अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार जारी, अवस्था जोखिममुक्त
ncell

काठमाडौँ । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ ।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीकाअनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । यद्यपि, अवस्था भने जोखिममुक्त रहेको बताइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरुको शरीरमा आगो सल्किएको थियो ।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । वर्न अस्पतालका निर्देशक डा.किरण नकर्मीका अनुसारर अहिले उनीहरुको उपचार चलिरहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?