National life

आज महिला तथा सामाजिक मामिला सहित चार संसदीय समितिको बैठक बस्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ पुस २०८१, शुक्रबार
406Shares
आज महिला तथा सामाजिक मामिला सहित चार संसदीय समितिको बैठक बस्दै
ncell

काठमाडौँ । महिला तथा सामाजिक मामिला समिति सहित आज एकैदिन चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ।

जसअनुसार बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल गरिने भएको छ ।

त्यस्तै, बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता मध्यान्ह साढे १२ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुने भएको छ ।

बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल, समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
406SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?