National life

कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय 'कुशासनको दृष्टान्त’ हो : माओवादी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ चैत २०८१, मङ्गलबार
540Shares
कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय 'कुशासनको दृष्टान्त’ हो : माओवादी
ncell

काठमाडौं। नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण रहेको बताएको छ ।

पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयलाई ‘कुशासनको दृष्टान्त’ को रुपमा व्याख्या गरेका छन् ।

‘बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सृजना गर्ने उद्देश्यले गरिएको छ।’

माओवादी केन्द्रले उक्त निर्णय तत्काल फिर्ता लिन माग पनि गरेको छ । ‘यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ,’ माओवादीले भनेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
540SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?