काठमाडौं। कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको विरोधमा नेकपा (माओवादी केन्द्र) तारकेश्वर न. पा. -3 को अगुवाहीमा मसाल जुलुस निकालिएको छ । विचौलिया र स्वार्थ समूहको हितका लागि कुलमानलाई हटाएर अन्याय गरिएको भन्दै उनीहरुले बिरोध जनाएको हुन् । उक्त बिरोध कार्यक्रममा स्थानिय जनताको पनि सहभागिता रहेको थियो।
सो क्रममा उनीहरुले प्रधानमन्त्री र उर्जामन्त्रीविरुद्ध विभिन्न नाराबाजीसमेत गरेका थिए । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिसकेको छ । शाक्य प्रधानमन्त्री ओलीको सालो हुन् ।
[video width="640" height="360" mp4="https://aarthikvoice.com/wp-content/uploads/2025/03/received_1182409206949181.mp4"][/video]



































