National life

तिनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०- १० लाख दिने सरकारको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० चैत २०८१, बुधबार
444Shares
तिनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०- १० लाख दिने सरकारको निर्णय
ncell

काठमाडौँ । गृह मन्त्रालयले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०/ १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो ।

यस्तै समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको सोही प्रदर्शनका क्रममा भएको आगलागीमा परेर मृत्यु भएको थियो । दुबै जनाका परिवारलाई १०/ १० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सो रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले पत्रकार सुरेश रजकका परिवारलाई ५ लाख  र सबिन महर्जनलाई ३ लाख दिने घोषणा गरेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
444SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?