National life

थाइल्याण्डको एआइटीलाई एक लाख अमेरिकी डलर सहयोग गर्ने नेपाल सरकारको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ चैत २०८१, मङ्गलबार
449Shares
थाइल्याण्डको एआइटीलाई एक लाख अमेरिकी डलर सहयोग गर्ने नेपाल सरकारको घोषणा
ncell

काठमाडौं । नेपाल सरकारले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) लाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक सङ्कटमा रहेको उक्त संस्थालाई नेपाल संस्थापक सदस्य राष्ट्र भएकाले सो अनुदान सहयोग उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहँदा सो संस्थामा सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
449SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?