दशैंमा सरकारी तथा निजी अफिस देखि लिएर सबैको बिदा हुन्छ । काम तथा अध्ययनको सिलसिलामा बाहिर रहेकाहरु पनि दशैं अगाडि नै आ–आफ्नो घर पुग्दछन् । वर्षभरीमा सबै भन्दा धेरै बिदा यही समयमा हुने भएकाले मानिसले अनेक तरिकाले रमाइलो गर्न आनन्द लिन खोज्छन् । कसैले घुम्न रुचाउँछन् कसैले सिनेमा हेर्न । कसैले भने पढ्न रुचाउँछन् । त्यसैले दशैंको यो बिदामा पढ्नका लागि यी किताबहरू उपयुक्त हुन सक्छन् ।
१.थिंक एन्ड गोरो रिच
‘थिंक एन्ड गोरो रिच’ महामन्दीको समयमा लेखिएको पुस्तक हो । यो पुस्तक हालसम्म विश्वभर १० करोडप्रति भन्दा बढी बिक्री भइसकेको छ । लेखक नेपोलियन हिलले आफ्नो जीवनकालमा धनी व्यक्तिहरूसँगको सहकार्यमा आधारित भएर बृहत् अनुसन्धान गरेका थिए । आन्द्रे कार्निजको सुझावमा हिलले आफ्नो अवलोकन, अनुसन्धानका आधारमा प्राप्त निष्कर्षहरू प्रस्तुत गरेका छन् । उनले सफल र व्यक्तिगत उपलब्धिका लागि १३ सिद्धान्त यसमा प्रकाशित गरेका छन् ।
२.इजोरिया
सुविन भट्टराइको इजोरिया उपन्यासमा बहु आयामिक कथा रहेको छ । उक्त पुस्तक सामाजिक सञ्जालदेखि बजारमा अझै पनि चर्चामा रहेको छ । परिवारका सदस्यबिच देखिएको प्रेम, घृणा र द्धन्द्धलाई लेखक भट्टराइले कथामा उतारेका छन् ।यस अघिका सबै पुस्तकमा लगभग काठमाडौं केन्द्रित भएर कथा लेख्ने भट्टराइले यसपटक भने कथा टिप्न मधेश पुगेका छन् । इजोरिया मैथिली शब्द हो । ।यसको अर्थ जुनेली हो ।
३. रिच ड्याड पोर ड्याड
युवा लगानीकर्ताले पढ्नुपर्ने एक बहुचर्चित पुस्तक हो ‘रिच ड्याड पोर ड्याड’ । यस पुस्तकमा गरिब र मध्यमवर्गीयले पैसाका लागि मात्रै काम गर्ने तर धनीले सिक्नका लागि काम गर्ने धारणा लेखक रोबर्ट कियोसाकीले व्यक्त गरेका छन् ।
४. शिरीषको फुल
पारिजातको रचना हो शिरीषको फूल, जसलाई नेपाली साहित्यको इतिहासमा कोसेढुंगा मानिन्छ । ५२ वर्षअघि पहिलोपल्ट प्रकाशित यसले मदन पुरस्कार जितेको थियो । त्यस बेलाको पुरुषप्रधान नेपाली समाजमा सुकन्याको विद्रोही रूपलाई पारिजातले कलात्मक रूपमा यसमा उतारेकी छिन् । ‘द ब्लु मिमोसा’ का रूपमा निकालिएको अंग्रेजी संस्करण अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको कोर्समा पनि छ । नेपाली साहित्य फलो गर्दा पढ्नैपर्ने कृति हो यो ।
५. द इन्टेलिजेन्ट इन्भेष्टर
शेयर बजारका बादशाह भनेर चिनिने वारेन बफेटले समेत पढ्न जोड दिएको बेन्जमिन ग्राहमद्वारा लिखित यो पुस्तकको नाम हो, ‘द इन्टेलिजेन्ट इन्भेष्टर’ । बफेटले सन् १९५० मा ‘फादर अफ भ्यालु इन्भेष्टिङ्ग’ यो पुस्तकको पहिलो संस्करण पढेका थिए। बेन्जामिन ग्राहमलाई भ्यालू इन्भेस्टिङका पिता मानिँदै आएको छ । जस अनुसार आफ्नो वास्तविक मूल्य भन्दा कम दाममा कारोबार भइरहेका सेयरहरू आधारभूत विश्लेषणको माध्यमबाट पहिचान गरी खरिद गर्नुपर्दछ भन्नेमा उनको जोड छ ।
६. समय बिम्ब झमक घिमिरेको समय बिम्ब पढ्नका लागि निकै उत्तम छ । यसै पनि झमक नेपालकी एक शसक्त लेखक हुन्। उनको डायरीमा द्वन्दकालिन अबस्थामा उनलाई परेको दवाब, उनको पीडादायी दैनिकी, देशमा घटेका घटना र विद्यमान सामाजिक कुरीतीहरु माथि उनको विचार तथा झमकको बारेमा आजसम्म धेरैले नजानेको पहलुहरु छन्। काँडा नै काँडा बिच उनले आत्मविश्वास र सकारात्मक सोचहरुको माध्यबाट कसरी जीवनलाई फूल बनाउदी न भन्ने नजिकबाट बुझ्न यो डायरीले मदत गर्दछ
७.खुसी बिजय कुमार पाण्डे को खुसी आत्मकथा लेख्न कोशिस गरेको धेरै वर्षसम्म पनि के लेख्ने र कसरी लेख्ने भन्ने दोधारमा बसेका चर्चित पत्रकार बिजय कुमार अनन्त आफ्नै आत्मकथा हो । बजारमा आएका आत्मकथाका नाममा आएका आत्मप्रशंसा भन्दा अलग यो उनको इमान्दारितापुर्बक लेखिएको आत्मकथा हो। उनको जीवनका उतारचढाव, राम्रा–नराम्रा पक्षहरुलाई धेरै हदसम्म खुलेर लेखिएको यो आत्मकथा एक पढ्न लायक किताब हो।



































