National life

धितोपत्र ब्रोकर्सका दुई संस्थाबिच मर्जर, के-के छन् सहमति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ कात्तिक २०८१, बुधबार
433Shares
धितोपत्र ब्रोकर्सका दुई संस्थाबिच मर्जर, के-के छन् सहमति ?
ncell

काठमाडौँ । धितोपत्र बजारका ब्रोकर्स कम्पनीका दुई साझा संस्था एक आपसमा गाभिएका छन्। आज एक कार्यक्रमको बिचमा दुई वटा संस्था मिलेर एउटै संस्था अस्तित्वमा राख्ने सम्झौता गरिएको छ ।

यससँगै, ३१ वर्ष लामो इतिहास बोकेको स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल सञ्चालनमा रहने भएको हो । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएन नेपालबिच एकीकरण भएर धितोपत्र दलालको एउटा मात्रै छाता संगठन बनाउने सहमति भएको दुई संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालको तर्फबाट महासचिव कृष्ण गिरीको संयोजकत्वमा कोषाध्यक्ष सुमन कुमार मल्ल तथा सदस्य सन्दिप विक्रम राणा सहितको तीन सदस्य गरी कूल ६ सदस्यीय टोलीबिच विभिन्न चरणमा छलफल भई एकीकरणको सहमति भएको बताइएको छ ।

साझा व्यावसायिक संघ निर्माण गर्न स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष सन्तोष मैनालीको संयोजकत्वमा सचिव सुयोग अधिकारी र कोषाध्यक्ष मदन पौडेल सम्मिलित तीन सदस्य खटेका थिए । एकीकरणको सहमति भएसँगै आजबाटै दुई एसोसिएसन एक भएको घोषणा गर्दै दुई एसोसिएसनका अध्यक्षहरूले हस्ताक्षर गरेका हुन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
433SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?