काठमाडौँ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे आफूलाई सबै थाहा भएको र आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिएका नवराज अर्याल पक्राउ परेका छन् ।
प्राइम टाइम टेलिभिजनमा प्रस्तोता ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी बताउने गोरखा घर भएका नवराज अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधवार पक्राउ गरेको हो ।
सिआइबीले उनलाई मंगलबार चार घन्टा सोधपुछ गरेको छ ।बुधवार फेरि सिआइबीमा हाजिर हुन आउन भने पनि सम्पर्कबिहीन भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मोबाइल घरमै छाडेर हिँडेका उनलाई बुधवार दिउँसो नियन्त्रणमा लिइएको ब्युरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिए। यता,अन्तरवार्ताका प्रस्तोता पत्रकार ऋषि धमला पनि सिआइबी कार्यालय उपस्थित भएका छन्।



































