National life

नेपालमा एमसिसी अनुदान स्थगन: एक खर्ब बढीको परियोजना अन्यौलता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ फागुन २०८१, बुधबार
477Shares
नेपालमा एमसिसी अनुदान स्थगन: एक खर्ब बढीको परियोजना अन्यौलता
ncell

काठमाडौँ । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका सबै परियोजना स्थगन भएको छ ।

नेपाल सरकारलाई यसबारे फागुन २ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ। त्यसमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) द्वारा नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिसी) नेपालका कार्यक्रम स्थगन गर्ने जानकारी गराएको छ ।

अर्थ मन्त्रालयले विज्ञप्तिमार्फत तीन महिनाका लागि एमसिसी नेपाल कार्यक्रम स्थगित भएको औपचारिक जानकारी गराएको हो । विज्ञप्तिमा भनिएको छ,‘एमसीसी कोषबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको गएको जनवरी २० तारिखमा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशअनुसार कार्यक्रम रोकिएको ब्यहोरा सरोकारवालालाई जानकारी गराइन्छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एमसीसीको परियोजना स्थगन भएसँगै उक्त सहयोग मार्फत नेपालमा भइरहेको सम्पूर्ण योजना अलपत्र परेको छ।  साथै नेपालसँग निर्धारण गरेको समयावधि छोटिँदै गएको कारण योजनाहरू थप अन्योलमा परेको हो ।

अमेरिकाले एमसिसी अनुदान स्थगन गरेसँगै एक खर्ब रुपैयाँको परियोजना संकटमा परेका छन् । एमसिसीको ५५ करोड डलर र नेपाल सरकारले १९.७ करोड डलर गरी परियोजनाको कुल रकम ७४.७ करोड डलर अर्थात् करिब एक खर्ब रुपैयाँ पुगेको थियो । एमसिसी परियोजनाअन्तर्गत विद्युत् प्रसारणलाइन र सडक पूर्वाधार निर्माणका काम सुरु भएका थिए ।

साथै नेपाल सहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा मतदान प्रतिशत बढाउन दिइने आर्थिक सहयोग रोक्ने निर्णय सुनाएका छन् । ट्रम्पले भारतलाई उक्त आर्थिक सहयोग दिन आवश्यक नभएको धारणा व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भारतलाई २१ मिलियन डलर दिइरहेकोमा भारत विश्वमा सबैभन्दा बढी कर लगाइने देशहरूमध्ये एक भएको उल्लेख गर्दै उक्त रकम रोक्ने धारणा व्यक्त गरेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?