National life

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न गृहकार्य सुरु, के भन्छन् अर्थमन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ चैत २०८१, मङ्गलबार
395Shares
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न गृहकार्य सुरु, के भन्छन् अर्थमन्त्री पौडेल
ncell

काठमाडौं । गत फागुन ९ गते फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ)को ग्रे लिस्टमा परेको नेपाललाई बाहिर निकाल्न गृहकार्य सुरु भएको छ।

सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको आजको बसेले नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो।

जिम्मेवार निकायहरू, क्रियाकलाप र क्रियाकलाप सम्पन्न गर्ने समयसीमा सहित कार्य योजना कार्यान्वयन गरिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कार्य योजना अनुसार कार्य गर्दै गर्दा आगामी दिनमा नेपाल ग्रे लिस्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको धारणा राखेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताए। उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सकिने धारणा व्यक्त गरे।

साथै, महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको बताए। मुख्य सचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी भएको बताए। उनले प्रविधिलाई जोड दिएर कार्य योजना अनुसार काम गर्दा नेपाल ग्रे लिस्टबाट बाहिर आउन सक्ने बताए।

नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले अन्तिम समयमा काम गर्ने भन्दा कार्य योजना अनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताए। बैठकमा सहभागीहरूले जोखिम मूल्यांकन, अन्तर निकाय समन्वय, नियमन तथा सुपरिवेक्षण, अनुसन्धान तथा अभियोजन, कसूरजन्य सम्पत्ति लगायतका क्षेत्रमा काम गर्न जरुरी रहेको बताउँदै कानुनमा भन्दा कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताएका थिए।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
395SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?