National life

प्रशासकीय अधिकृतको विषय लिएर महानगर प्रहरी र कर्मचारीबिच धकेलाधकल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ चैत २०८१, बिहिबार
518Shares
प्रशासकीय अधिकृतको विषय लिएर महानगर प्रहरी र कर्मचारीबिच धकेलाधकल
ncell
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर महानगर प्रहरी र कर्मचारीबिच धकेला धकेल भएको छ ।
जनप्रतिनिधि कर्मचारीहरू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ महानगरमा आउनुपर्ने माग गर्दै कमलादीस्थित महानगर पालिकाको कार्यालयमा नाराबाजी गरेका छन् ।
 गुरागाईँको स्वागतमामा रहेका उनीहरूले कर्मचारी साथीहरू एक हौ भन्दै नाराबाजी गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरीत कार्य गरेको भए उचित कारबाही गरिनुपर्ने उनीहरूको माग छ । साथै सरकारले तत्काल कर्मचारी सरुवा र नियुक्ति गर्नुपर्ने माग उनीहरूको भनाई छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उता महानगर प्रमुख बालेन शाहले भने प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न महानगर प्रहरी खटाएका छन् । कर्मचारीको समस्या भएको खण्डमा समिति नै बनाएर छानबिन गर्नुपर्ने र होइन भने कसैलाई आरोप लागेकै भरमा निकाल्न नपाइने उनीहरूको भनाई छ । साथै मेयरले कर्मचारीको कुरा नसुनेको र आफूहरूसँग मेयर छलफल गर्न तयार नभएको आरोप लगाएका छन् ।
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?