काठमाडौँ, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री स्तरीय निर्णय अनुसार आज आइतबार समिति गठन भएको हो। अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजकत्व रहेको उक्त समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रूपमा डा.खोमराज खरेल रहेका छन् ।
यस अगाडि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की माघ २५ गते नेप्सेबाट बाहिरिएपछि सीइओ पद रिक्त भएको हो । कार्कीले आफ्नो तीन वर्षको अवधिमा पुरा गरेर बाहिरिएका थिए ।
https://www.youtube.com/watch?v=GMwl8vyWrnI


































