National life

परराष्ट्रसचिव लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ कात्तिक २०८१, बुधबार
391Shares
परराष्ट्रसचिव लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदन
ncell

काठमाडौँ । परराष्ट्र मन्त्रालयकी सचिव समेत रहेकी सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन्। बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले लम्साललाई सर्वसम्मत बेल्जियमका लागि राजदूतमा अनुमोदन गरेको हो।

लम्सालले आफूसँग भूराजनीतिमा काम गरेको अनुभव रहेको कारण देशको लागि मिल्ने कुरा गरेर देखाउने आत्मविश्वास व्यक्त गरेकी छिन् । साथै उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन्। यस क्रममा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरममा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्धनमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई सिफारिस गरेको थियो। उनलाई मन्त्रिपरिषद्ले सिफारिस गरेपछि समितिको बैठकले अनुमोदन गर्ने वा नगर्ने विषयमा सुनुवाइ गरेको थियो।​ उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
391SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?