National life

पाथीभरा केबलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ माघ २०८१, सोमबार
1KShares
पाथीभरा केबलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन
ncell

काठमाडौँ। सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको उल्लेख गरेको छ ।

नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ बमोजिम रज्जुमार्ग, केवलकार सम्बन्धी नीति, कानून र मापदण्डको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित देखिएकोले केवलकार निर्माणको विषयमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयहरूलाई समेत ध्यान दिँदै सबै सरोकारवालाहरूसँग समन्वय र सहजीकरण गरी उक्त समस्याको समाधान गर्न तत्काल पहल अगाडि बढाइदिन गृह मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरिएको थियो ।

गठित वार्ता टोलीले माघ २० गतेबाट कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षहरूलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्याको समाधान गर्न मन्त्रालयले आग्रह गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?