National life

प्रसाईँको स-सम्मान रिहाइको माग गर्दै कालो टेप लगाएर प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ असोज २०८१, मङ्गलबार
379Shares
प्रसाईँको स-सम्मान रिहाइको माग गर्दै कालो टेप लगाएर प्रदर्शन
ncell

काठमाडौँ । मंगलबार मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई स-सम्मान रिहाइको माग गर्दै उनका समर्थकले प्रदर्शन गरेका छन् ।  प्रसाईँ पक्राउ परेसँगै विभिन्न स्थानमा फरक फरक शैलीमा आन्दोलन गर्दै आएका उनीहरूले आज मुखमा कालो टेप लगाएर प्रदर्शन गरेका छन् ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले प्रसाईँको स सम्मान रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएपछि प्रसाईँलाई आइतबार भक्तपुरबाट पक्राउ परेका थिए । गत असोज २ मा जिल्ला अदालत काठमाडौँले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
379SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?