National life

प्रहरीको आँखा छलेर रास्वपा समर्थकले नै खिचेका थिए रविको हिरासतको फोटो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ पुस २०८१, बिहिबार
436Shares
प्रहरीको आँखा छलेर रास्वपा समर्थकले नै खिचेका थिए रविको हिरासतको फोटो
ncell

काठमाडौँ। कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमै रहेको तस्बिर रास्वपाकै कार्यकर्ताले खिचेको तथ्य खुलेको छ ।

सामाजिक सञ्जालमा चर्चामा रहेको उक्त फोटो हिरासतजस्तो देखिने कोठामा ओढ्ने ओढेर सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा राख्दै त्यो रवि लामिछाने नै भएको दाबीसहित भाइरल बनाइएको थियो। भने रास्वपाका नेतासमेत रहेका रविका सहयोगी दीपक बोहराले सरकारमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल तताएका थिए।

बिहान स्ट्याटस हालेका बोहराले केही समयमा फेरि लाइभ बस्दै सरकारमाथि प्रश्नको वर्षा गरेका थिए। तर, उक्त भाइरल तस्बिर रास्वपाकै कार्यकर्ताले खिचेको तथ्य खुलेको छ । सो तस्बिर रवि लामिछानेको पक्षमा आन्दोलन गर्दै आएका रास्वपाका समर्थक डा निकोलस भुसालले खिचेको खुल्न आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ का जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । उनले शनिवार चितवनमा आन्दोलनका लागि जुट्न आह्वान गरेको पोस्टरसहित रविको उक्त भाइरल तस्बिर हालेका थिए । तर आज सो तस्बिर भुसालले हटाइ सकेको देखिन्छ ।

केही दिन अघि निकोलस भुसाल रवि लामिछानेलाई भेट्न प्रहरी हिरासतमा पुगेका थिए। तर, प्रहरीले रवि सुतिरहेको र अहिले भेट्न नमिल्ने बताएको थियो । भुसालले भेट्नै पर्ने ढिपी गरेपछि उनलाई सिसिटिभीबाट रवि सुतेको देखाइएको थियो। सोही समयमा भुसालले तस्बिर खिचेको हुनसक्ने चितवन प्रहरीले जनाएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
436SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?