काठमाडौँ। सरकारले सोमबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’को तेस्रो चरणअन्तर्गत करिब २० अर्ब (१५० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्ताबेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने र उक्त वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्ने अख्तियारी दिने निर्णय गरेको थियो ।
साथै, नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जना बढुवा गर्ने साथै एक जना महासेनानी, २ जना सहायक रथी र एक जना उपरथीको पदावधि थप गर्नेलगायत विभिन्न १५ निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेको मन्त्रिपरिषद् निर्णयमा उल्लेख छ ।
हेर्नुहोस् मन्त्रिपरिषद् निर्णय :




































