National life

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका ढुङ्गानाको निधन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ मंसिर २०८१, आइतबार
475Shares
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका ढुङ्गानाको निधन
ncell

काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको आइतबार निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारको क्रमम निधन भएको हो ।

फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएकोअस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो । ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।

पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका छन् । ०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेशामा पनि लागे ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
475SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?