काठमाडौँ । हिन्दुहरुको महान चाड तिहारमा भाइटिका पछि सबैभन्दा धुमधाम सग मनाइने दिन भनेको लक्ष्मीपुजा हो । सामान्यतया यमपञ्चकको तेस्रो दिनको साझ गरिने लक्ष्मीपुजा यसवर्ष भने दोस्रो दिनको साझ नै गर्नुपर्ने भनिएको छ ।
साँझको वेलामा दिपावली गरि धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाउने गरिन्छ । यस दिन घरको आँगन,कौसी, पिँढी, दलान, कोठाहरु सरसफाई गरेर गाईको गोबरले लिपेर शुद्द बनाउने चलन छ। घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ ।
लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गर्ने गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ ।
विभिन्न समुदाय र पण्डित अनुसार लक्ष्मी पुजा गर्ने सामाग्रीहरु फरक हुन सक्छन । यस्तै समुदाय र पण्डित अनुसार पुजा बिधि पनि फरक हुन सक्छ तर हामीले यहा सामान्य र पण्डित बिना आफैले लक्ष्मीपुजा गर्न सकिने संक्षिप्त विधि उल्लेख गरेका छौ ।
– सर्वप्रथम पुजा गर्ने स्थान सफा गर्ने र रातो माटोले लिपपोत गर्ने र पुजा सामग्री तयार गर्ने – पंचगब्य तयार गर्ने, चन्दन, अक्षेता, जौ, तिल छुट्टा छुट्टै बोतामा राख्ने – कलस बनाउने (टपरीमा धान राखेर त्यस माथि कलश राखेर रातो सेतो कपडा ले बेर्ने अनि कलशमा सर्बोशधि ,पंचपल्लब ,सप्तम्रितिका राखेर पानि ले भर्ने अनि काचो नरिबल राख्ने) – गणेश बनाउने (टपरीमा धान राखेर त्यस माथि सुकेको नरिबल, सुपारी, जनै, रातो कपडा राखेर गणेश स्थापना गर्ने ) मुख्य दियो बनाउने – लक्ष्मी स्थापना गर्ने (टपरीमा धान वा चामल राखेर त्यस माथि कपडा राखी त्यसमाथि लक्ष्मीको फोटो वा घरमा मुर्ति छ भने मुर्ति , चुनरि, सुनको प्रतिमा, धनलक्ष्मी यन्त्र , बहुमुल्य धातु , पैसा राख्ने) – कुबेर स्थापना गर्ने (टपरीमा धान वा चामल राखेर त्यस माथि कुबेर खजाना लाइ कपडा ले बानेर(पोको बनाएर ) लक्ष्मी को नजिकै राख्ने , कुबेर खजाना मा कौडा , कमल गट्टा , धनिया दाना , हल्दी दाना राख्ने ) – पंचगब्यले सुद्ध गर्ने (खाने), अच्मान गर्ने (३ चोटी पानि खाने ), सकेसम्म कुशको औठी लागाउने, सर्सिउ छर्ने, कुश पानि ले सेचन गर्ने (जल छर्ने) – दिप पुजन गर्ने (अघि तयार गरेको मुख्य दियो बाल्ने र फुल,अक्षता, चन्दन चढाउने ) त्यसपछि कलश पुजा गर्ने – गणेश पुजा गर्ने (अघि तयार गरेको गणेश मा फुल ,अक्षता, चन्दन ले पुजा गर्ने , दुबो चढाउने , धुप बत्ति बाल्ने , नौबेद पकाएको कुरा हरु ) चढाउने , भेटि दक्षिणा चढाउने, पान छ भने पान चढाउने । – प्रधान पुजा( लक्ष्मी को पुजा फुल अक्षता चन्दन ले पुजा गर्ने , सौभाग्य चढाउने , बस्त्र चढाउने , अरु बस्त्रादी समान भए त्यो पनि चढाउने , फेरी धुप बत्ति गर्ने , नैबेद्द पकाएको खाने कुरा)हरु चढाउने , बिमिरो, कटुस,ओखर लगायत् अन्य फलफुल हरु चढाउने , दक्षिणा चढाउने अनि पार्थाना गर्ने । – ढोकाहरुमा सुभ लाभ लेख्ने र गणेश भगवान लाइ सम्झेर पुजा गर्ने – खाता, ढड्डा ,मसि , कलम ,कपि, डायरी जस्ता खाता पाता हरु पुजा गर्ने – कुबेर को पुजा गर्ने र २१ बटा दिप बालेर लक्ष्मी लाइ देखाइ तत् स्थान जस्तै झ्याल , धोका, भर्याङ्ग , पुजा कोठा आदि स्थान मा दिपावली गर्ने – प्रधान आरति गर्ने (कपुर, धुप, बत्ति बालेर आरती गर्ने) अनि पुस्पांजलि गर्ने (फुल समाएर क्षमा प्राथना गरी चढाएपछि पुजा सकिन्छ ।

































