काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री हुने लयमा नरहेको बताएका छन् । खेलमा नलागेको खुलाएका छन्। साथै उनले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको समेत आरोप लगाएका छन् ।
शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा प्रचण्डले यस्तो बताएका छन् । उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए। उनले अहिलेको सरकार भ्रष्टाचारीहरुलाई जोगाउने र नराम्रो गर्नेलाई पुरुस्कृत गर्ने काम गरिरहेको बताए।
अध्यक्ष दाहालले भने, ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ। उहाँहरुको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ। राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपी जीको सरकारको काम हो। त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ। लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने तर त्यस्तोे नभएको बताएका छन् ।
साथै उनले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरेका छन् । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीमा लागू नहुने बताए। सरकारमा हुँदा भ्रष्टाचार विरुद्धको आन्दोलन छेडेको बताए। आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरुले सरकारमा हुँदा जोड दिएको बताए।



































