National life

वीरगन्जका निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के,एउटालाई बन्द गर्न निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ फागुन २०८१, बिहिबार
480Shares
वीरगन्जका निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के,एउटालाई बन्द गर्न निर्देशन
ncell

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगन्जमा रहेका निजी अस्पतालहरूमा बुधबार छड्के अनुगमन गरेका छन्। वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानमा रहेका ७ वटा निजी अस्पतालमा मुख्यमन्त्री सिंहले अनुगमन गरेका हुन्।

त्यसक्रममा उनले इजजात बिना सञ्चालित एउटा अस्पताल बन्द गर्न अस्पताल प्रशासनलाई पत्र पनि काटेका छन्।बुधबार मुख्यमन्त्री सिंहले वीरगन्जका भवानी हस्पिटल एण्ड रिसर्च प्रालि, प्रभु हस्पिटल एण्ड रिसर्च सेण्टर, सर्वोत्तम हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेण्टर, स्पर्श मल्टिस्पेसिलिटी हस्पिटल, गण्डक हस्पिटल प्रालि र शाह हस्पिटल प्रालिमा छड्के अनुगमन गरेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अनुगमनका क्रममा नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरको अस्पताल सञ्चालनका लागि आवश्यक इजाजत पत्र लगायत कुनैपनि कागजात नभेटिएपछि मुख्यमन्त्री सिंहले तत्काल उक्त अस्पताल बन्द गर्न पत्र काटेको अनुगमन टोलीमा सहभागी प्रदेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए।

त्यस्तै अस्पतालको इजजात पत्र नविकरण नगरेका भवानी हस्पिटल एण्ड रिसर्च प्रालि र पर्श मल्टिस्पेसिलिटी हस्पिटललाई तत्काल नवीकरण गराएर सम्पूर्ण कागजातसहित प्रदेशको स्वास्थ्य मन्त्रालयमा उपस्थिति हुन दुवै अस्पतालका सञ्चालकलाई मुख्यमन्त्री सिंहले लिखित निर्देशन दिएको ठाकुरले बताए।

अस्पतालको अनुगमनपश्चात अन्नपूर्णसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले भने, ‘वीरगन्जका निजी अस्पतालका सेवा बारे व्यापक जनगुनासो आएको थियो। त्यसैलाई मध्यनजर गर्दै बुधबार आफैँ वीरगन्ज आएर मैले निजी अस्पतालहरूको अनुगमन गरेको हुँ।’

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
480SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?