National life

शिवरात्रि विशेष: गाँजाको प्रयोग कति हानिकारक ? के हो गाँजामा पाइने टेट्राहाइड्रो र क्यानाबिनोल ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ फागुन २०८१, बुधबार
601Shares
शिवरात्रि विशेष: गाँजाको प्रयोग कति हानिकारक ? के हो गाँजामा पाइने टेट्राहाइड्रो र क्यानाबिनोल  ?
ncell

काठमाडौँ । नेपालको कानुन अनुसार नेपालमा गाँजा प्रतिबन्ध छ । उसो त आज महाशिवरात्रि नेपालमा हिन्दु धर्मावलम्बीले गाँजालाई शिवको प्रसादको रूपमा लिने गरेको पनि पाइन्छ ।

नेपालमा गाँजा प्रयोग ठिक कि बेठिक भनेर बेलाबखत चर्चा हुँदै आएको छ । विशेषतः शिवरात्रिका दिन महादेवका मन्दिरमा जोगी, सन्यासीमार्फत गाँजाको अवैध कारोबार हुने गरेको छ। धर्मको आवरणमा काठमाडौँको पशुपतिनाथ मन्दिरमा यसको खुलेआम प्रयोग भएको पाइन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालको कानुनले गाँजालाई लागू पदार्थको रूपमा परिभाषित गर्दै गाँजा उत्पादन, विक्री वितरण र सेवनमा रोक लगाए पनि पर्वको माहौलमा साधु सन्तदेखि युवायुवती गाँजा सेवन गरिरहेका अवस्थामा खुलेआम नै भेटिन्छन्।

यस दिनमा शिवको प्रसाद भन्दै धेरैले साधु सन्तसँग गाँजा मागेर खाने गरेका छन् । यसको प्रभाव मस्तिष्कमा हाबी भएपछि बाहिरी वातावरणसँगको प्रभाव कम गराउँछ र आफूले गरेका काम थाहा नहुने, होस नहुने र व्यवहारमा परिवर्तन ल्याउने अर्थात् हाँसेको हाँसै वा रोएको रोइ हुने स्वास्थ्य विज्ञहरूको भनाई छ ।

गाँजाको प्रयोग गलत भन्नेहरूको एउटा समूह छ भने अर्को समुहले यसको प्रयोगमा फाइदा हुने दाबीहरू प्रस्तुत गर्दै आएको छ । यसको उपयोगले मानव स्वास्थ्यमा प्रत्यक्ष, अप्रत्यक्ष असर गर्ने केही चिकित्सकको बुझाई छ। त्यसैले उनीहरूले हौसिएर यसको उपयोग नगर्न सुझाव दिएका छन्।

भने केही निश्चित मात्रामा प्रयोग गरेको खण्डमा यसले फाइदा गर्ने तर्क दिँदै आएका छन् । कतिले गाँजालाई औषधिका रूपमा नियन्त्रित तवरले प्रयोग गर्दा स्वास्थ्यको क्षेत्रमा फाइदा पुर्‍याउने तर्क राख्दै आएका छन्।

गाँजमा १ सयभन्दा बढी रसायन तत्त्व पाइने स्वाथ्यविद्हरुको भनाई छ। गाँजामा पाइने टेट्राहाइड्रो क्यानाबिनोल  र क्यानाबिडोल तत्त्वलाई औषधिका रूपमा प्रयोग गरिएको पाइन्छ । टीएचसीले गाँजा सेवन गर्दा अलौकिक संसार पुगेको महसुस गराउँछ । त्यसैले गाँजा सेवन गर्दा मस्तिष्क आफ्नो काबुमा कमै हुने गर्छ ।

अल्जाइमर, पाचन प्रक्रियाको समस्या, एनोरेजिया, छारेरोग, सिजोफ्रेनिया, दीर्घकालीन मांसपेशीको दुखाइ कम गर्न, क्यान्सरका ट्युमर कोषिकालाई मार्न गाँजाको सीमित प्रयोग गर्न सकिने वैज्ञानिक तथ्यले बताएको छ । गाँजाको दानालाई अचारका रूपमा प्रयोग गर्दा पाचन प्रक्रियामा सहयोग पुर्‍याउने डाक्टरहरूको भनाई छ ।

nic asia capital

सामान्यता  गाँजाको प्रयोगले २ सय रसायनमध्ये टीएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने, भोक जगाउने , पाचन प्रणाली राम्रो बनाउने र दिसासम्बन्धी समस्या हटाउने औषधिको रूपमा प्रयोग गर्न सकिने डाक्टरहरू सुझाव दिन्छन्

यो समाचार शेयर गर्नुहोस्
601SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?