National life
cg eloctronics

शेयर बजारमा सामान्य बढोत्तरी: निर्जीवन बीमा समूहमा रौनक, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
489Shares
शेयर बजारमा सामान्य बढोत्तरी: निर्जीवन बीमा समूहमा रौनक, कारोबार कति ?
ncell

काठमाडौं । साताको तेस्रो कारोबारका दिन शेयर बजारमा सामान्य बढोत्तरी आएको छ । तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर १८३०.१६ विन्दुमा पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एक साता पुरै गिरावट आएको बजारमा सातको दोस्रो कारोबारका दिनदेखि सुधार आएको हो । आज ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

यस दिन पाँचवटा समूह बढ्दा आठ वटा समूह भने घटेको छ । आज निर्जीवन बीमा समूह सर्वाधिक ४.७८ प्रतिशत, जीवन बीमा समूह २.२८ प्रतिशत र विकास बैंक समूह १.३२ प्रतिशतले वृद्धि भएको छ ।

सेयर बजारमा सुधार आउँदा उक्त दिन एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक मातृभुमी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्तसहित १२ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

नेप्से सामान्य बढे तापनि आज हिमालयन पावर पार्टनर, दोल्ती पावर, मितेरी डेभलपमेन्ट बैंक, एनआईबिएल स्टेबल फण्ड, नेपाल फाइनान्स, गुडविल फाइनान्स, मन्दाकिनी हाइड्रोपावर, अप्पर स्याङ्गे हाइड्रोपावर, स्वरोजगार लघुवित्त र माई खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?