National life
cg eloctronics

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिबारे आज सर्वोच्चले निर्णय सुनाउँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असार २०८२, बुधबार
1.6kShares
संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिबारे आज सर्वोच्चले निर्णय सुनाउँदै
ncell

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारीको आज एकसाथ निर्णय सुनाउने मिति निर्धारण गरेको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले बुधवार निर्णय सुनाउने दिन तोकेको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा अध्यादेशमार्फत ऐन संशोधन गरी नियुक्ति गरेकोविरूद्ध रिट दायर भएको थियो।

ओली सरकारले संवैधानिक परिषद्को कानुन दुई पटक अध्यादेशमार्फत संशोधन गरेर दुवै पटक नियुक्ति गरेको थियो। ओली नेतृत्वको सरकारले नै अध्यादेश ल्याएर त्यसैबमोजिम पहिलो पटक २०७७ मंसिर ३० सिफारिस गरी माघ २१ गते ३२ जना नियुक्त गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दोस्रो पटक २०७८ वैशाखमा सिफारिस गरी असार १० मा २० गरी जम्मा ५२ संवैधानिक पदाधिकारी नियुक्ति सिफारिस गरिएको थियो। प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, प्रधान न्यायाधीश, प्रमुख विपक्षी दलका नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख गरी ६ सदस्य रहन्छन्।

यी सदस्य उपस्थित भएर सकेसम्म सहमति नभए बहुमतको निर्णयबाट संवैधानिक पदाधिकारी नियुक्ति सिफारिस गर्नुपर्ने कानुन अध्यादेशमार्फत संशोधन गरी उपस्थित भएकामा बहुमतले निर्णय गर्ने बनाइएको थियो। त्यसरी दुई पटकसम्म अध्यादेश ल्याएपछि बसेको बैठकमा तत्कालीन प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना उपस्थित भएर संवैधानिक पदाधिकारी नियुक्ति गरेका थिए।

अध्यादेश र नियुक्तिविरुद्ध वरिष्ठ अधिवक्ताहरू ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी लगायतले छुट्टाछुट्टै रिट दिएका थिए। २०८१ माघ ३० गतेदेखि उक्त इजलासमा सुनुवाइ भइरहेको थियो। जेठ १ गतेको इजलासले जेठ १६ गतेभित्र बहस नोट पेस गर्न आदेश दिएको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?