National life

साना कम्पनीलाई आईपीओ जारी गर्ने बाटो खुल्यो, के छ बोर्डको नयाँ कार्यविधिमा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ माघ २०८१, बिहिबार
1.2kShares

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको नयाँ कार्यविधि अनुसार अब साना कम्पनीहरूले समेत आईपीओ जारी गर्न पाउने भएका छन्।

बोर्डले नयाँ कार्यविधि नै बनाएर साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार गर्न दिने भएको छ। साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ नियमावली जारी भएको छ।

https://aarthikvoice.com/archives/54422

ncell
Royal Enfield

२०८१ साल माघ ३ गतेबाट (आज) लागू हुने गरी जारी गरिएको  उक्त कार्यविधि अनुसार नेपाल सरकारबाट साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय भएको थियो। सोही निर्णय बमोजिम बोर्डबाट साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ बनेको हो ।

यस नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई समेत पत्राचार गरिएको छ’, बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?