काठमाडौं । साताको तेस्रो कारोबार दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । पछिल्लो केही कारोबारका यता बजार निरन्तर रुपमा ओरालिएको छ ।
आज नेप्से १३.०९ अकंले घटेर २६३२.९४ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
आज व्यापार समूहको शेयर मूल्य ०.७९ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको स्थिर रहेको छ । अन्य ११ उपसूचक भने राताम्य रहेको देखिन्छ । मंगलवार ६७ कम्पनीको शेयर मूल्य बढ्दा १७० कम्पनीको घटेको छ ।
































