National life

हिमालयन उर्जाको १४.४६ लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ असोज २०८१, सोमबार
528Shares
हिमालयन उर्जाको १४.४६ लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने
ncell

काठमाडौँ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले १४ लाख कित्ता बढी सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।

कम्पनीले गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता ९१ः१० अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको ९९ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ३१ हजार ५८३ जना सेयरधनीहरुलाई ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद सेयर बाँडफाँड भएको थियो । बाँकी रहेको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर अवितरित रहेको थियो ।

कम्पनीले आजदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाएको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ नबिल बैंकका शाखा कार्यालयहरु,विराटनगर, जनकपुर,भक्तपुर,पोखरा,कोहलपुर, सुर्खेत र महेन्द्रनगरमा बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असोज १४ गते रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?