काठमाडौँ। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ रिहा भएका छन्। प्रसाईँले १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मङ्गलवार बेलुका रिहा भएका हुन्।
मङ्गलवार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीसँग दुई वटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए । प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो।
युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईँले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ साथै अर्का एक जना पुरुषले समेत प्रसाईँ विरुद्ध जाहेरी दिएका थिए।




































