काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयहरु राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको हो ।
यसरी प्रमाणीकरण गरिएका विधेयकहरुमा सुरक्षित कारोबार ऐनलाई संशोधन गर्ने बनेको विधेयक, ई–कमर्ससम्बन्धी विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनको संशोधित विधेयक रहेको छ ।




































