National life

सेबोनको अध्यक्ष नियुक्तिमा पुन:सुचना जारी,घुमाइ फिराइ आफ्नै मान्छे राख्ने दाउपेज

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असोज २०८१, बिहिबार
457Shares
सेबोनको अध्यक्ष नियुक्तिमा पुन:सुचना जारी,घुमाइ फिराइ आफ्नै मान्छे राख्ने दाउपेज
ncell

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिमा पुन :सुचना जारी गरिएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले अध्यक्षका लागि आवेदन दिएर पाँचको सर्टलिस्टमा परेका तर अन्तरवार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतिमा नआएका तीन जना उम्मेदवारलाई फेरि अन्तर्वार्ताका लागि बोलाएको हो ।

समितिले बिहीबार सूचना जारी गर्दै यसअघि अन्तरवार्ता र प्रस्तुतीकरण प्रक्रियामा सहभागी नभएका चिरञ्जीवी चापागाईँ , कृष्णबहादुर कार्की र नवराज अधिकारीको अन्तर्वार्ता तथा प्रस्तुतीकरणको नयाँ मिति तोकेको हो । उनीहरूलाई असोज १८ गते बिहान १० बजे अर्थ मन्त्रालय सिंहदरबारमा बोलाइएको छ । सर्टलिस्टमा परेका दुई उम्मेदवारहरू सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको अन्तर्वार्ता र प्रस्तुतीकरण भने यसअघि नै भइसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बोर्डमा यसअघि अध्यक्ष नियुक्त भएका रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि सरकारले माघ ४ गते नयाँ अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।

उक्त समितिले फागुन १६ गते अध्यक्ष बन्न इच्छुकलाई आवेदन खुला गरेको थियो यसका लागि १९ जना व्यक्तिले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच जनाको नाम चैत २५ गते समितिले सिफारिस गरेर अन्तवार्ताका लागि बोलाइए पनि त्यसपछि रोकिएको नियुक्ति झण्डै ६ महिना पछि जसरी पनि आफुले भनेकै मान्छे नियुक्त गर्नका लागि पुरानै आवेदनलाई आधार बनाएर पुन : सुचना निकालिएको छ।

अहिले अध्यक्ष नियुक्तिका लागि बोर्डका कार्यकारी निर्देशकद्वय नवराज कार्की र मुक्तिनाथ श्रेष्ठ, सन्तोषनारायण श्रेष्ठ, नेप्सेका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई सर्टलिस्टमा छन् ।

सर्टलिस्टमा परेका पाँच जनामध्ये अध्यक्षको सबैभन्दा प्रबल दाबेदार सन्तोषनारायण श्रेष्ठलाई मानिएको छ । उनले यस अघि नै पुर्व प्रधानमन्त्री प्रचण्डको पालामै दीपक भट्टमार्फत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सेटिङ मिलाइ नियुक्त खान खोजेको स्रोतको भनाई छ। छनोट प्रक्रिया अघि बढेसँगै नियुक्ति प्रक्रियामा चलखेल गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?