काठमाडौं । दशैँ मनाउन आज बिहानसम्म आठ लाख जना यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान छ ।
यस वर्षको दशैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान महासंघले गरेको थियो । तरपनि बाढी पहिरोलगायतका कारणहरुले गर्दा अनुमानभन्दा कम बाहिरिएको महासंघको भनाई छ ।
कतिपय मानिस हवाईयात्राबाट पनि काठमाडौंबाट बाहिरिएका छन् ।



































