National life

धुम्बाराही स्थित प्रोलिफिक स्कुलद्वारा सरस्वती पूजाको अवसरमा जेष्ठ नागरिक सम्मान सम्पन्न 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ माघ २०८१, मङ्गलबार
623Shares
धुम्बाराही स्थित प्रोलिफिक स्कुलद्वारा सरस्वती पूजाको अवसरमा जेष्ठ नागरिक सम्मान सम्पन्न 
ncell

काठमाडौँ – काठमाडौँको धुम्बाराहीमा रहेको २९ वर्ष पुरानो प्रोलिफिक स्कुल,कलेजले यस वर्षको सरस्वती पूजा भव्यताका साथ सम्पन्न गरेको छ। साथै श्री पञ्चमीको पावन अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त अवसरमा ६५ वर्ष माथिका ११ जना बुवा आमालाई खादा तथा मायाको चिनो दिएर सम्मान गरेको हो। स्कुलले  विशेष कार्यक्रम गरी धार्मिक र शैक्षिक अवसरलाई उल्लासमय तरिकाले मनाएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकहरूले विद्याकी देवी सरस्वतीको पूजा गर्दै ज्ञान र शिक्षा प्राप्तिका लागि आशीर्वाद प्राप्त गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवसरमा नयाँ भर्ना भएका बालबालिकाहरूलाई अक्षरारम्भको कार्यक्रममार्फत शैक्षिक यात्रा आरम्भ गरिएको छ  । कार्यक्रमले बच्चाहरूमा शिक्षा र संस्कृतिको महत्त्वको बारेमा सकारात्मक सन्देश पुर्‍याउने कार्य गरेको छ।

नयाँ वर्षको शुभारम्भसँगै सरस्वती पूजाले विद्यार्थीहरूको अध्ययनप्रतिको रुचि र उत्साहलाई थप प्रोत्साहित गरेको देखिएको हो । यस कार्यक्रमले केवल धार्मिक संस्कारलाई मात्र महत्त्व नदिई  विद्यार्थीहरूको शैक्षिक यात्रा र भविष्यका लागि एक नयाँ दिशा प्रदान गरेको स्कुलका संस्थापक गोपाल बहादुर महतले बताए।

कार्यक्रम उल्लासमय ढङ्गले सम्पन्न भएको र विद्यालयका विद्यार्थीहरू, शिक्षक र अभिभावकहरूको सहकार्यले यसलाई स्मरणीय बनाएको थियो। सरस्वती पूजाको यस कार्यक्रमले विद्यालयमा एकजुटता र उत्साहको वातावरण सिर्जना गरेको छ। सरस्वती पूजाको अवसरमा स्कुलमा कतिपय बालबालिकाहरूले अक्षरारम्भ गरेका छन्।

कार्यक्रममा अतिथि कलाकार प्रथम कमेडी चम्पियन विजेता हिमेश पन्तको विशेष प्रस्तुति रहनुको साथै अन्तर सधानात्मक नित्य प्रतियोगिता सम्पन्न भएको हो। साथै, कक्षा गत बिद्यार्थीहरुको विभिन्न प्रस्तुति रहेको थियो। सोही दिन अभिभावकको पनि प्रस्तुति रहेको उक्त कार्यक्रममा करिब पाँच सय भन्दा बढीको उपस्थिति थियो ।

स्कुलले सरस्वती पूजाको पूर्व सन्ध्यामा स्कुल आसपास ३ किलोमिटर क्षेत्रमा सरसफाइ कार्यक्रम समेत गरेको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?