काठमाडौं । जल तथा उर्जा आयोगको सचिवमा रामप्रसाद घिमिरे नियुक्त भएका छन् ।
आईतबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले प्राविधिक तर्फको सचिवमा बढुवा भएका घिमिरेलाई आयोगको सचिवमा नियुक्त गरेको हो ।
आयोगका सचिव गोपाल सिग्देलको सहरी विकास मन्त्रालयमा सरुवा भएसँगै उक्त स्थान खाली रहेको थियो । घिमिरे यसअघि खानी तथा भूगर्भ विभागका महानिर्देशकको रुपमा काम गर्दै आएका थिए ।



































