National life

कतै तपाईँको पासवर्ड कमजोर त छैन, यस्तो छ सबैभन्दा कमजोर पासवर्डको सूची

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ मंसिर २०८१, सोमबार
485Shares
कतै तपाईँको पासवर्ड कमजोर त छैन, यस्तो  छ सबैभन्दा कमजोर पासवर्डको सूची
ncell

काठमाडौं । पासवर्ड मेनेजर एप प्रदायक कम्पनी ‘नोर्ड पास’ले २०२४ का सबैभन्दा कमजोर पासवर्डको सूची सार्वजनिक गरेको छ ।

कम्पनीले छैठौं संस्करण अन्तर्गत हालै मात्र विश्वभरका प्रयोग भएका २०० कमजोर पासवर्डको सूची सार्वजनिक गरेको हो । यसमा विश्वका विभिन्न ४४ वटा देशमा सबैभन्दा धेरै प्रयोग भएका पासवर्डको सूची समावेश छ ।

उक्त रिपोर्ट अनुसार विश्वमा सबैभन्दा धेरै प्रयोग भएको अर्थात् सर्वाधिक कमजोर पासवर्ड 123456 हो । त्यस्तै दोश्रो सबैभन्दा कमजोर पासवर्ड 123456789 रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘नोर्ड पास’ले NordStellar सँगको साझेदारीमा उक्त अध्ययन गरिएको थियो । नर्डपासको एक पूरानो अध्ययन अनुसार एकजना इन्टरनेट प्रयोगकर्ताको व्यक्तिगत खाताका लागि औसतमा १६८ पासवर्ड तथा कार्यसँग सम्बन्धित खाताका लागि ८७ वटा पासवर्ड हुने गरेका छन् ।

रिपोर्ट अनुसार नेदरल्याण्ड, फिनल्याण्ड, क्यानडा तथा लिथुआनिया जस्ता देशहरुमा त्रधभचतथज्ञद्दघ अहिले पनि सबैभन्दा धेरै प्रयोग गरिने पासवर्डको रुपमा रहेको छ ।

नोडपासका अनुसार 123456, 123456789, 12345678, password, qwerty123, qwerty1, 111111, 12345, secret, 23123, 1234567890, 1234567, 000000, qwerty, abc123, password1, iloveyou, 111111111, dragon, monkey सबैभन्दा कमजोर २० पासवर्ड हुन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?