National life

एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीलाई पिपल्स चोइस अवार्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ असोज २०८१, बिहिबार
660Shares
एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीलाई पिपल्स चोइस अवार्ड
ncell

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआइ प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को महत्वपूर्ण पिपल्स चोइस अवार्ड जितेका छन् ।

ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रम अन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै चीन गएको ६ जना नेपाली विद्यार्थीको टोलीले सो उपलब्धि हासिल गर्न सफल भएको हो। सयौं विद्यार्थीहरु मध्यबाट छानिएको समूहमा समिप अर्याल, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, र समृद्धि कार्की छन् । कार्यक्रममा विश्वभरका युवा प्रतिभाहरुको नविन सोचलाई बढावा दिँदै कयौं योजनाहरु समावेश गरीएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एसिया प्यासेफिक समिटमा १९ मुलुकका सयौँ विद्यार्थीले सहभागिता जनाएका छन् । जसमा नेपाली विद्यार्थीले अल्ट्राकेयर नामक एआइ व्यावसायिक उपकरणको प्रस्तुत गरेका थिए । नेपाली समूहका सदस्य समिप अर्यालले भने, अल्ट्रा केयर यात्रा सहज अल्ट्रासाउण्ड मेसिन हो जसले ग्रामिण क्षेत्रका महिलाहरुलाई सहज सेवा दिन सक्छ । अर्यालले भने, यो उपकरणले सानोस्तरका स्वास्थ्य संस्थालाई एआइ प्रविधिसँग जोड्नेछ । जसले भ्रुणको अवस्था पत्ता लगाई, त्यस विषयमा पर्याप्त जानकारी उपलब्ध गराउँदछ ।

अर्यालले मेसिनले गर्भमा रहेको शिशु वा गर्भवतीमा कुनै स्वास्थ्य जटिलता आइपरेको खण्डमा सो उपकरणले समयमा नै परिक्षण गर्न सक्ने बताए । अर्यालले भने यदि कुनै असामान्य परिस्थिति आईपरेको खण्डमा उपकरणले सिधै सम्बन्धित अस्पतालका चिकित्सकलाई जानकारी पठाएर महिलाको ज्यान जोगाउन सकिनेछ । एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटले नेपाली विद्यार्थीहरुको नविन सोचको उर्जालाई उजागर गरेको छ । सामाजिक हितका निम्ति प्रविधिको प्रयोग प्रति विद्यार्थीहरुको दृढ प्रतिबद्धतालाई अल्ट्राकेयरले प्रमाणित गरेको छ । ह्वावे नेपाल युवा प्रतिभालाई प्रोत्साहन गर्दै भविष्यका सशक्त नेतृत्व निर्माणमा लगातार समर्पित छ ।

नेपालमा यो कार्यक्रम २०१९ मा सुरू भएको हो, जसले देशको प्रविधि परिदृश्यलाई आकार दिनका लागि दर्जनौं विद्यार्थीहरूलाई प्रेरित गरिरहेको छ। सिड्स फर द फ्युचर कार्यक्रम, ह्वावेको विश्वव्यापी सिएसआर प्रयास अन्तर्गत, २००८ मा थाइल्याण्डमा सुरु भएको हो । यसमा हालसम्म विश्वभरका १४१ देशका १८,००० भन्दा बढी विद्यार्थीहरूले यसबाट फाइदा उठाइसकेका बताइएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
660SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?