National life

भुवन केसी बने शेफर्ड कलेजको सद्भावना दूत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० असोज २०८१, आइतबार
503Shares
भुवन केसी बने शेफर्ड कलेजको सद्भावना दूत
ncell

काठमाडौं । कलाकार/फिल्म निर्माता तथा निर्देशक भुवन केसी शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीको विशेष सद्भावना दूत नियुक्त भएका छन् ।

शान्तिनगरस्थित कलेजमा आइतबार आयोजित कार्यक्रममा यससम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कलाकार केसी र कलेजको तर्फबाट प्रवन्ध निर्देशक तरुणप्रताप शाहले हस्ताक्षर गरेका छन् । केसी चार वर्षका लागि शेफर्ड कलेजको सद्भावना दूत बनेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सद्भावना दूतको रुपमा कलाकार केसी कलेजका विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरुमा सहभागी हुनेछन् । साथै उनले आफ्नो सामाजिक सञ्जालमार्फत पनि कलेजको प्रवद्र्धन गर्ने समझदारी भएको छ । यसका साथै सम्झौता अवधिभर केसीको फिल्म निर्माता कम्पनी सुपर काजल फिल्म्सको ब्यानरमा बन्ने फिल्ममार्फत पनि शेफर्ड कलेजको प्रवद्र्धन गर्ने सहमति भएको छ ।

सम्झौता हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा कलाकार केसीले आफू कलाकार हुने समयमा फिल्मको बारेमा औपचारिक अध्ययन गर्न नपाएको अनुभव सुनाउँदै शेफर्ड कलेजले फिल्मको अध्ययन अध्यापन सुरु गरेकोमा खुसी व्यक्त गरे । ‘शिक्षा क्षेत्रसँग जोडिन पाएकोमा म खुसी छु । म आफ्ना अनुभवहरु विद्यार्थीमाझ सेयर गर्नेछु । यसले गर्दा उनीहरुमा फिल्मप्रति रुचि जाग्छ भन्नेमा म विश्वस्त छु । फिल्म सम्बन्धि पढाइलाई हामीले प्राथमिकता दिनुपर्छ । यसले नेपाली फिल्म क्षेत्रको विकासमा सहयोग पुग्छ,’ उनले भने । फिल्मसम्बन्धि शिक्षा राम्रो भए समग्र फिल्म क्षेत्र राम्रो हुने उनको भनाइ थियो । शेफर्ड कलेजका प्रवन्ध निर्देशक तरुणप्रताप शाहले कलेजका कोर्सहरुबारे जानकारी दिँदै कलाकार केसीसँगको सहकार्यले फिल्म एजुकेशन अझ राम्रो हुने विश्वास व्यक्त गरे । उनले भने, ‘यसै वर्षदेखि हामीले मास्टर्स इन मिडिया टेक्नोलोजीको तेस्रो सेमेस्टरमा चलचित्रको विषय थपेका छौं । भुवन केसीसँगको सहकार्यले यो विषयको पठनपाठन अझ प्रभावकारी हुनेछ । उहाँ लामो समयदेखि यही क्षेत्रमा रहेको र नीति निर्माण तहमा समेत काम गरिसकेको हुनाले उहाँको योगदान फलदायी हुनेछ ।’ स्नातकोत्तर तहमा नेपालमै पहिलोपल्ट सिनेमाको पढाइ शेफर्ड कलेजले सुरु गरेको जानकारी दिँदै उनले प्रविधिको विकाससँगै विद्यार्थीहरुको रुचिअनुसार समसामयिक विषयहरु थप गर्दै लैजाने जानकारी दिए । सन् २००२ मा स्थापित शेफर्ड कलेज नेपालकै पहिलो र एकमात्र मिडिया टेक्नोलोजी कलेज हो ।

nic asia capital

कलेजकी प्रिन्सिपल कविता शर्माले फिल्म क्षेत्रमा करिअर बनाउन चाहने विद्यार्थीका लागि शेफर्ड कलेज उत्कृष्ट गन्तव्य भएको बताइन् । भुवन केसी चलचित्र विकास बोर्डमा अध्यक्ष हुँदा सिलेबस बनाउने क्रममा थुप्रैपटक छलफल भएको बताउँदै उनले हाल आएर केसी कलेजसँग जोडिएकोमा आफू उत्साहित भएको धारणा राखिन् । ‘शेफर्ड कलेजमा सिनेमाको विषय पढाइ हुने कुराले उहाँ पनि उत्साहित हुनुहुन्थ्यो र यसबारेमा चासो राख्नुभएको थियो । अहिले उहाँ हामीसँग जोडिनुभएकोमा म अत्यन्तै खुसी छु,’ उनले भनिन् ।

भुवन केसी नेपाली चलचित्रमा निकै रुचाइएका कलाकार हुन् । चलचित्र ‘जुनी’ बाट करिअर सुरु गरेका केसीले एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । हाल उनी निर्माता तथा निर्देशक पनि हुन् । साथै उनले चलचित्र विकास बोर्डको समेत नेतृत्व गरिसकेका छन् ।

सन् २००२ मा स्थापित शेफर्ड कलेज नेपालको पहिलो र एकमात्र मिडिया टेक्नोलोजी कलेज हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले २०१० देखिट स्नातकोत्तर तहको पढाइ सुरु गरेको हो । हालसम्म कलेजबाट करिब चार सय जनाले स्नातकोत्तर तह उत्तीर्ण गरिसकेका छन् ।

शेफर्ड कलेजमा ब्याचलर्स इन मिडिया टेक्नोलोजी (बीएमटी) र मास्टर्स इन मिडिया टेक्नोलोजी (एमएमटी) को पढाइ हुन्छ । बीएमटी चार वर्षे र एमएमटी दुई वर्षे कोर्स हो । बीएमटीमा ४० जना र एमएमटीमा ३० जना विद्यार्थीले हरेक वर्ष भर्ना पाउँछन् ।

यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?