काठमाडौँ । साताको दोस्रो कारोबारका दिन पनि शेयर बजारमा हरियाली छाएको छ । दशैं छाइरहेको बजारमा शेयर बजारले समेत गतिलिएसंगै लगानीकर्तामा हौसला थपिएको छ । आज नेप्से ३७ दशमलव १३ अंकले बढेर २६९० दशमलव ७२ को बिन्दुमा कायम भएको छ ।
आज बजारमा ३०५ वटा कम्पनीहरुको एक करोड ५८ लाख ४५ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ सात अर्ब नौ करोड रुपैयाँको कारोबार भएको छ । जसमा १७६ वटा कम्पनीको शेयरमूल्य बढेको छ।
आज फाइनान्स र उत्पादन उपसूचक बाहेकका सबै इन्डेक्समा कारोबार भएका कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज बैकिङ्ग उपसूचक सर्वाधिक प्रतिशतले बढेको छ ।
यी १० कम्पनीको भयो सर्वाधिक कारोबार





































